
प्रतीकात्मक तस्वीरः shutterstock.com
काठमाडौं, असोज २० । रोग प्रतिरक्षा प्रणाली अर्थात् रोगसँग लड्नसक्ने क्षमता बलियो बनाउन विभिन्न पोषक तत्वहरुले मद्दत गर्ने चिकित्सक बताउँछन् ।
‘यी पोषक तत्वहरु गेडागुडी, तरकारी, फलफूल, दूध, दही, माछा, मासु, अन्डालगायत विभिन्न खानेकुराहरुमा पाइन्छन्’-डा. राधिका थपलियाले भन्नुभयो ।
उहाँले भन्नुभयो-‘आवश्यक पोषक तत्व पाउन र कोभिड-१९ सँग लड्नको लागि बलियो प्रतिरक्षा प्रणाली बनाउन सधैं स्वस्थकर तथा पोसिलो खाना खानुपर्छ ।’
तर, कोरोनाभाइरस लाग्नबाट बचाउने कुनै खानेकुरा भने नभएको उहाँले बताउनुभयो ।
‘कोभिड-१९ लाग्नबाट बचाउने त्यस्तो कुनै विशेष खानेकुरा भने छैन’-डा. थपलियाले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्