१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


किर्गीस्तानमा सरकार विरोधी प्रदर्शनकारीहरुबाट सत्ता कब्जा


0
Shares

काठमाडौं । मध्य एसियाली मुलुक किर्गीस्तानमा सरकार विरोधी प्रदर्शनकारीहरुले सत्ता कब्जा गरेका छन् ।

आइतवार भएको चुनावमा ब्यापक धाँधली भएको आरोप लगाउँदै प्रदशर्नमा उत्रिएकाहरुले संसद भवन र सुरक्षा निकायसहित देशका मुख्य प्रशासनिक निकायलाई नियन्त्रणमा लिएका छन् ।

उनीहरुले जेलमा रहेका विपक्षी नेता सदिर जापारोभलाई रिहा गरेको केही घण्टामै कायम मुकायम प्रधानमन्त्री घोषणा गरेका छन् ।

देशमा विपक्षीहरुको प्रदर्शन चर्किएपछि राष्ट्रपति सुरुनबाई जेन्बेकोभले शक्तिशाली नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको प्रतिक्रिया दिनुभएको छ ।

तर उहाँले त्यो शक्तिशाली नेतृत्व को हो भन्नेबारे केही खुलाउनुभएको छैन ।

प्रदर्शनकारीहरुले आइतवार भएको चुनावको परिणाम नमान्ने बताएपछि निर्वाचन आयोगले नैं उक्त चुनावलाई अमान्य घोषणा गरिसकेको छ ।

चुनावमा भाग लिएका १६ राजनीतिक दलमध्य चार वटाले मात्रै संसदमा प्रवेश पाउन आवश्यक मतको सिमा ‘थ्रेसहोल्ड’ पार गरेका थिए । जसमध्ये तिनवटा पार्टी राष्ट्रपतिसँग निकट रहेको बताईन्छ । (एजेन्सी)