१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


टिप्परको ठक्करबाट एक जनाको मृत्यु


0
Shares

कपिलवस्तु । कपिलवस्तुमा टिप्परको ठक्करबाट एक जनाको मृत्यू भएको छ ।

शिवराज नगरपालिका धर्मनगरमा भएको दुर्घटनामा मोटरसाईकलमा सवार रोल्पाको सुनछहरी खेवाङकी सुनिता बुढामगरको मृत्युु भएको हो ।

चन्द्रौटा बाट कृष्णनगर तर्फ जाँदै गरेको टिप्परले ग १२ प ७१०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा उनको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताउनुभयो ।