१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चाडपर्व नजिकिए पनि काठमाडौंका मुख्य बजार सुनसान, ग्राहक नआउँदा ब्यापारी निराश


0
Shares

काठमाडौं । चाडपर्व नजिकिदै गर्दा पनि काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरु सुनसान देखिएको छ ।

दशैं, तिहार, छठ लगायतका ठूला चाडपर्व नजिकिदै गएपनि काठमाडौं उपत्यकाका प्रमुख व्यापारिक बजारमा चहलपहल कम देखिएको छ ।

विगतका वर्षहरुमा दशैं नजिकिएसँगै निकै भिड हुने बजारमा यस वर्ष कोरोनाको जोखिमका कारण सुनसान देखिएको हो ।

मंगलबार साँझ न्यूरोड, दरबारमार्ग, ठमेल लगायतका बजारमा पुग्दा सुनसान देखिएको हो ।

केही पसलहरु खुलेको देखिएपनि अधिकांश पसलहरु बन्द भइसकेका थिए । सामान खरिद गर्न जानेहरु पनि निकै न्यून देखिए ।

खासगरी लत्ताकपडा, घरायसी सामग्री, मोबाइल, टेलिभिजन लगायतका बजार सुनसान देखिएको छ ।

विगतमा चाडपर्वको समयमा निकै भिड हुने क्षेत्र यसपटक सुनसान हुँदा व्यापारिहरु पनि निराश बनेका छन् ।

न्यूरोड, दरबारमार्ग र ठमेल त्यसैपनि साँझको समयमा निकै भिड हुने बजार हो । तर यसवर्ष कोभिड संक्रमणको जोखिमका कारण मानिसहरु सामान खरिद गर्न बजार निस्किएका छैनन् ।

व्यापार नै नभएको व्यापारिहरुको गुनासो छ । ठमेल क्षेत्रमा आन्तरिक ग्राहक भन्दा पनि पर्यटकहरु किनमेलका लागि बढी आउने क्षेत्र हो ।

पर्यटकीय क्षेत्र भएपनि यसवर्ष पर्यटकहरु नै देख्न पाइदैन् । त्यसैले पर्यटकलाई लक्षित गरि खोलिएका पसलहरु पनि प्राय बन्द हुने गरेको देखिएको छ ।

कोभिडका कारण उपभोक्ता नभएपछि व्यापारीक क्षेत्र सुनसान मात्रै भएको छैन यसको असर समग्र अर्थतन्त्रमा समेत पर्ने देखिएकोछ ।