
म्याग्दी । यस बर्ष दशैंमा मुस्ताङी च्याङ्ग्रा कम भित्रने भएका छन् ।
कोभिड संक्रमणको त्रासका कारण मुस्ताङ र चीनको नाका बन्द भएकाले चीनबाट आउने च्याङ्ग्रा कम हुने भएको हो ।
गत वर्ष २५ हजार भन्दा बढी च्याङ्ग्रा मुस्ताङबाट झरेकामा यस वर्ष बढीमा १० हजार च्याङ्ग्रा बेनीमा झर्ने भेटेनरी अस्पताल तथा पशु सेवा बिक्री केन्द्र म्याग्दीले जनाएको छ ।
मुस्ताङबाट अहिलेसम्म च्याङ्ग्राका ८-१० बथान मात्रै बेनीतर्फ झरेका छन् । गतसालको तुलनामा यस वर्ष च्याङ्ग्राको मूल्य पनि ५० प्रतिशतले बृद्धि भएको छ ।
बेनीसम्म आइपुग्दा च्याङ्ग्राको मूल्य ३२ देखि ३५ हजार रुपैयाँसम्म पर्ने व्यापारिहरुले बताएका छन् ।
डोल्पा र चीन क्षेत्रबाट भेडा च्याङ्ग्रा नआउँदा मुस्ताङी कृषकले च्याङ्ग्राको मूल्य बढाएका हुनसक्ने व्यापारीहरुको भनाइ छ ।
विगतका वर्षहरुमा डोल्पा र चीनबाट प्रशस्त मात्रामा भेडा च्याङ्ग्रा मुस्ताङ हुँदै बेनी झर्ने गर्दथे । बेनीबाट बागलुङ, कुश्मा, पोखरा हुँदै नेपालका विभिन्न शहरहरुमा च्याङ्ग्रा पु¥याईने गरिन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्