१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरोनाले अदालतको सेवा प्रभावित, सर्बोच्चमा बामदेव गौतमको सुनुवाइ स्थगित


0
Shares

bamdeb gautam ncp member of national assembly

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभा सदस्य पदसम्बन्धि रिटमाथिको सुनुवाइ स्थगित भएको छ ।

कोरोनाका कारण सर्वोच्च अदालतमा आज सुनुवाई तोकिएको उपाध्यक्ष गौतमको राष्ट्रियसभा सदस्य पदसम्बन्धित रिटमाथिको सुनुवाई स्थगित भएको हो ।

आज(बुधबार) सर्वोच्च अदालतमा न्यायाधीश प्रकाशमानसिंह राउत र बमकुमार श्रेष्ठको संयुक्त र न्यायाधीश हरि फुयाँलको एकल गरी दुईवटा इजलास मात्र तोकिएको छ ।

अदालतका न्यायाधीश र केही कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि विगत तीन दिनदेखि सर्वोच्च अदालतको सेवा प्रभावित भएका छन् ।

गौतमको राष्ट्रियसभा सदस्य सम्बन्धि रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणासहितको पूर्ण इजलासमा सुनुवाई भइरहेको भएपनि आज उक्त इजलास राखिएको छैन् ।

यसअघि असोज १४ गते सुनुवाइ भएको उपाध्यक्ष गौतमसम्बन्धि रिट हेर्दाहेर्दैमा राखेर असोज १६ गते सुनुवाई गरिएको थियो । उक्त दिनपनि सुनुवाई नसकिएपछि आजको लागि सरेको थियो ।

सरकारको सिफारिसमा गौतमलाई राष्ट्रपतिले राष्ट्रियसभा सदस्यमा नियुक्त गरेपछि त्यसबिरुद्ध अधिवक्ता दिनेश त्रिपाठी र बद्रीराज भट्टले छुट्टाछुट्टै रिट दायर गर्नुभएको थियो ।

रिटमाथी सुनुवाइ गर्दै सर्वोच्चले गौतमको पद यथास्थितिमा राख्न र थप संबैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिएको थियो ।