१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्मचारीमा कोरोनापछि सुदूरपश्चिमका दुई स्थानीय तह ‘सिल’


0
Shares

कैलाली, असोज २१ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशका दुईओटा स्थानीय तह ‘सिल’ गरिएको छ ।

कार्यालयमा कार्यरत् कर्मचारीमा कोरोना देखिएपछि कैलालीको टीकापुर नगरपालिका र डडेल्धुराको अमरगढी नगरपालिकाको कार्यालय सिल गरिएको हो ।

कर्मचारीमा कोरोना देखिएपछि नगरपालिका कार्यालय एक हप्ता सिल गरिएको टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन अर्यालले बताउनुभयो ।

आउँदो आइतबारसम्म सबै कर्मचारीको स्वाब संकलन गरिने उहाँले जानकारी दिनुभयो ।

उता, डडेल्धुराको अमरगढी नगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत् कर्मचारीमा कोरोना पुष्टि भएपछि नगरपालिकाको कार्यालय सिल गरिएको नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताउनुभयो ।

अर्को निर्णय नहुँदासम्म नगरपालिका कार्यालय सिल गर्ने निर्णय भएको छ । अब सबै कर्मचारीको स्वाब संकलन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।