
डा. जागेश्वर गौतम ।
काठमाडौं, असोज २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै उपचारका लागि अस्पतालमा बेडको अभाव हुन थालेको जनाएको छ ।
बुधबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमण बढेसँगै कतिपय बिरामीलाई पायकपर्ने ठाउँमा बेड नभेटिएको बताउनुभयो ।
उपत्यकामा संक्रमितको उपचार व्यवस्थापन गर्न चुनौती थपिएको भन्दै उहाँले सचेत रहन आग्रहसमेत गर्नुभयो ।
सामान्य रुघाखोकी र ज्वरो आउँदैमा अस्पताल जानुनपर्ने भन्दै मन्त्रालयले श्वास फेर्न गाह्रो र बेहोस होलाजस्तो भएमा मात्रै अस्पताल जान आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्