१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डा. केसीका तर्फबाट जीवन क्षेत्रीको नेतृत्वमा वार्ता टोली गठन, वार्ता आजै हुने


0
Shares

काठमाडौं । सरकारले वार्ता टोली गठन गरेसंगै डा. केसीका तर्फबाट पनि टोली बनाइएको छ ।

केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोलीको घोषणा गरिएको हो ।

वार्ता टोलीको सदस्यहरू डा. अञ्जनी कुमार झा, डा. लोचन कार्की र ओम प्रकाश अर्याल रहनु भएको जानकारी गराइएको छ ।

यस अघि सरकारले अनशनरत डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

शिक्षामन्त्रीस्तरीय निर्णयबाट यो समिति गठन भएको हो । समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा रहनुभएको छ ।

डा. केसी गएको २५ दिनदेखि अनसनरत हुनुहुन्छ । मङ्गलबार सरकारको निर्देशनमा सचिव मैनालीसहितको टोलीले भेटेर अनशन त्याग्न आग्रह गर्दा उहाँले वार्ता समिति गठन भइ आफ्ना माग पूरा गर्नुपर्ने अडान राख्नु भएको थियो ।

वार्ता आजै हुने भएपनि समय र स्थान भने तय भैनसकेको बताइएको छ ।