१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जथाभावी पार्किङले सर्वसाधरणलाई सास्ती


0
Shares

डडेल्धुरा । ब्यवस्थित पार्किङ नहुँदा डडेल्धुराका बजार क्षेत्रमा सर्वसाधारणलाई सास्ती भएको छ ।

अमरगढी नगरपालिकाको बागबजार लगायत बजार क्षेत्रमा ब्यवस्थित पार्किङ नहुदा स्थानियले सास्ती खेप्नु परेको हो ।

सदरमुकाम बागबजारमा रहेकोे बसपार्क सानो भएका कारण सवारी पार्किङ गर्ने ठाउँ छैन ।

योसंगै बजारमा जथाभावी रोकिएका सवारीका कारण पैदल यात्रु थप समस्यामा पर्ने गरेका छन् ।

दैनिक सयौं सवारी गुड्ने साँघुरो सडकमा जथाभावी सवारी पार्किङ गरिंदा जाम भै सबैलाई सास्ती हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको छ ।