१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकार र अनसनरत डा.केसीको टोलीबीच शिक्षा मन्त्रालयमा वार्ता जारी


0
Shares

Dr kc hunger strike health detorating khanal nepal appeal

काठमाडौं । सरकार र अनसनरत डा.केसीको टोलीसंग अहिले वार्ता भैरहेकोछ ।

शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीले डा.केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा गठन भएको चार सदस्यीय वार्ता टोलीसंग शिक्षा मन्त्रालयमा वार्ता गरिरहेको हो ।

सरकारले अनशनरत डा. गोविन्द केसीसँग वार्ताका लागि हिजो बनाएको तीन सदस्यीय वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा सदस्य रहनुभएको छ ।

केसी तर्फको वार्ता टोलीको सदस्यहरूमा डा. अञ्जनी कुमार झा, डा. लोचन कार्की र अधिवक्ता ओम प्रकाश अर्याल रहनु भएको छ । डा. केसी गएको २५ दिनदेखि अनसनरत हुनुहुन्छ ।

मङ्गलबार सरकारको निर्देशनमा सचिव मैनालीसहितको टोलीले भेटेर अनशन त्याग्न आग्रह गर्दा उहाँले वार्ता समिति गठन भइ आफ्ना माग पूरा गर्नुपर्ने अडान राख्नु भएको थियो ।