१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मधुमेहका बिरामीलाई आँखाको नियमित जाँच गराउन चिकित्सकको सुझाव


0
Shares

काठमाडौं, असोज २२ । आज अक्टोबर ८ तारिख अर्थात् विश्व दृष्टि दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ ।

बिहीबार नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा आयोजित कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा. कमल खड्काले मानिसहरुलाई आँखाको महत्व र आँखामा रोग कसरी लाग्नसक्छ भन्ने जानकारी दिन विश्व दृष्टि दिवस मनाइएको बताउनुभयो ।

आँखामा सानो हेलचेक्र्याइँ गर्दा ठूलो समस्या हुने भएकाले आँखाको सुरक्षाका लागि सबैले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

आँखामा घाउ हुँदा तथा मोतिविन्दु हुँदा मानिसहरु डराउने गरेको पाइएकोले समयमै उपचार गरेमा निको हुने उहाँको भनाइ छ ।

डा. खड्काले मधुमेह रोग लागेका तथा उमेर बढी भएका मानिसहरुलाई आँखाको नियमित जाँच गराउन सुझाव दिनुभयो ।

नेत्ररोग विशेषज्ञ डा. किरण शाक्यले मधुमेहका कारण आँखाको रेटिनामा असर पर्ने भएकाले मधुमेहका बिरामीले विशेष ख्याल गर्नुपर्ने बताउनुभयो ।

मधुमेह भएका बिरामीमा आँखाको दृष्टि गुम्ने, आँखाबाट रगत बग्नेलगायतका समस्या देखिने गरेको उहाँले बताउनुभयो ।

विश्वमा प्रत्येक आठजना आँखाका बिरामीमध्ये एकजना मधुमेहका कारण बिरामी भएको तथ्यांक रहेको र नेपालमा चारजनामध्ये एकजनामा मधुमेहका कारण आँखाको समस्या आउने तथ्यांक रहेको डा. शाक्यले बताउनुभयो ।