१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लकडाउन र निषेधाज्ञा खुला भएसँगै इन्धनको खपत ५० प्रतिशतले बढ्यो


0
Shares

काठमाडौं । लकडाउन र निषेधाज्ञा खुला भएसँगै इन्धनको खपत बढ्न थालेको छ ।

इन्धनको खपत बढ्न थालेपछि आयातसमेत बढ्दै गएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

कोरोना नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाको समयमा खपत घटेर २५ प्रतिशतमा सीमित रहेको थियो ।

तर हाल लकडाउन र निषेधाज्ञा खुकुलो भएर निजी तथा सार्वजनिक सवारी साधानको चाप बढ्न थालेपछि इन्धनको खपत बढेर ५० प्रतिशतमा पुगेको निगमले जानकारी दिएको छ ।

निगमका प्रवक्ता वीनितमणि उपाध्यायले सवारी साधन पूर्णरुपमा चल्न थालेकाले इन्धनको खपत बढ्न थालेको जानकारी दिनुभयो ।

निगमका अनुसार सामान्य अवस्थामा पेट्रोल मासिक ४२ हजार ७ सय ८७ किलोलिटर, डिजेल, १ लाख २३ हजार ३ सय २९, मट्टितेल १ हजार ४ सय ९५ तथा हवाई इन्धन ११ हजार ८ सय ३० किलोलिटर र एलपी ग्यास ३७ हजार ८ सय ६१ टन खपत हुने गरेको थियो ।

असोजदेखि दैनिकजसो इन्धन खपत बढ्दै गएको निगमको भनाइ छ ।

अहिले औषतमा दैनिक १ हजार ४ सय ९२ किलोलिटर पेट्रोल, डिजेल, ३ हजार ३ सय ५२ र हवाई इन्धन एक सय ७४ किलोलिटर खपत हुने गरेको निगमको भनाई छ ।