
काठमाडौं । गुण्डागर्दीमा संलग्न भएको आरोप लाग्दै आएका राधे भण्डारी धादिङमा पक्राउ परेका छन् ।
सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धाक–धम्की दिएको अभियोगमा उनलाई पक्राउ गरिएको धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।
सिद्धलेक गाउँपालिकामा क्रसर उद्योग सञ्चालन गर्दै आएका उनले बालुवा निकाल्ने ठेक्काको म्याद समाप्त भएपछि पनि अवैध तरिकाले बालुवा निकालेपछि स्थानीय निकायले विरोध गर्दै आएको थियो ।
सोही क्रममा उनले जनप्रतिनिधिलाई धम्की दिंदै आएको बुझिएको छ । राधे पक्राउ परेसंगै उनको क्रसर उद्योग पनि बन्द गराएको छ ।
अर्काको नाममा ठेक्का पारेर उनले सिद्धलेकमा बालुवा र गिट्टी निकाल्दै आएको पनि खुलासा भएको छ ।
नेपाली काँग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत रहेका भण्डारीले धादिङमा हुने ठेक्का पट्टा र अवैध बालुवा खानीको कमिशनमा एकछत्र राज गर्दै दिनेश अधिकारी चरी समूहका आयुप तामाङको हात काटेका थिए ।
गुण्डा नाइके चरी भीमढुंगामा प्रहरीको इन्काउन्टरमा मारिएपछि धादिङको गुण्डागर्दीमा राधे समूहले पकड राख्दै आएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्