
काठमाडौं । कोरोना भाइरस संक्रमित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको उपचार विधी सकिएको र पुर्ण रुपमा स्वस्थ रहेका कारण काममा चाँडैनै फर्कन सक्ने उहाँको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
कोरोना संक्रमण भएपछी १० दिनसम्म गरिएको उपचारमा उहाँको स्वास्थ्य स्थीर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकहरुको भनाई छ ।
राष्ट्रपति ट्रम्पले भने आज पुन कोभिडको परिक्षण गरिने बताउनुभएको छ । रिपाृेर्ट नेगेटिभ आएमा यसै साताको अन्तमा उहाँले चुनावी र्यालीको आयोजना गर्नुहुने छ ।
उपचारकै क्रममा एक निजी टेलिभिजनलाई अन्तर्वार्ता दिदै ट्रम्पले फ्लोरिडा राज्यमा चुनावी सभा गर्ने जानकारी दिनुभएको हो ।
यसअघि उहाँले आफना प्रतिद्धन्द्धी जो बाइडनसंगको बहसमा सामेल नहुने प्रष्ट पारिसक्नु भएको छ । भर्चुअल बैठकमा आफनो समय बर्बाद नगर्ने भन्दै उहाँले बहस बहिस्कार गर्नुुभएको हो ।एजेन्सी
प्रतिक्रिया दिनुहोस्