१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पिउनेपानी आपूर्तिमा कोरोनाको जोखिम हुन्छ/हुँदैन ? यसो भन्छन् चिकित्सक


0
Shares

काठमाडौं, असोज २३ । बगिरहेको पानीको माध्यमबाट कोभिड-१९ नसर्ने चिकित्सक बताउँछन् ।

‘प्रशोधन नगरिएको पानीमा कोभिड-१९ गराउने भाइरस रहनसक्ने सम्भावना हुन्छ’-डा. राधिका थपलिया भन्नुहुन्छ-‘तर, प्रशोधित पानी आपूर्ति हुँदा भाइरस पाइएको छैन ।’

उहाँकाअनुसार उत्तर इटालीमा कोरोना महामारी उच्च भएको समयमा एउटा खोलामा प्रशोधन नगरिएको ढल मिसाएका कारण कोभिड-१९ का भाइरसहरुको अंशहरु पाइएको थियो ।

‘तर, हालसम्म कोरोनाभाइरसहरु सतहको वा जमिनमुनिको पानीमा पाइएको छैन । त्यसैले खानेपानी आपूर्ति प्रणालीमा कोरोनाभाइरसको जोखिम न्यून छ’-उहाँले भन्नुभयो ।