
फाइल तस्वीर ।
काठमाडौं, असोज २३ । अनशनरत् डा. गोविन्द केसीमा निमोनियाको लक्षण देखिएको छ ।
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल स्रोतकाअनुसार डा. केसीको शरीरमा निरन्तर अक्सिजनको मात्रा कम हुँदै गएको छ ।
उहाँको उपचारमा खटिएको मेडिकल टिमका इन्चार्ज डा. सुवास आचार्यकाअनुसार डा. केसीको छातीको सिटी स्क्यान गर्नुपर्ने भएको छ । केसीलाई चक्कर लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको छ ।
डा. केसीलाई बोल्न असहज भइरहेको छ भने ब्लडप्रेसर घटेको तथा नसाहरु मसिना भएकाले अत्यावश्यक तत्व जाँचका लागि रगत दिन नसकिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्