१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कस्तुरीको बिनासहित दुईजना पक्राउ


0
Shares

बाँके, असोज २३ । कोहलपुर नगरपालिका-२, आनन्दनगरबाट चार तोला कस्तुरीको बिनासहित दुईजनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मुगुको खडेरा गाउँपालिका-७ बस्ने २५ वर्षीय गगनप्रसाद उपाध्याय र सोही ठाउँ बस्ने २४ वर्षीय टेकेन्द्र परियार रहेका छन् ।

उनीहरुले कस्तुरीको बिना राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।