१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


६७ बन्डल पटाकासहित दुईजना समातिए


0
Shares

सुनसरी, असोज २३ । इटहरी उपमहानगरपालिका-५, खाद्य गोदामनजिकबाट ‘श्रीविजयी कोब्रा’ लेखिएको ६७ बन्डल पटाकासहित दुईजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुनसरीको कोशी गाउँपालिका-६, श्रीपुर बस्ने २७ वर्षीय समिर मिया र सोही ठाउँ बस्ने १९ वर्षीय आलम मिया रहेका छन् ।

उक्त स्थानमा भारतबाट पटाका ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथमा रहेको बोरा र कार्टुनहरु जाँच गर्दा उक्त पटाका फेलापारेको हो ।

उनीहरुविरुद्ध मुलुकी अपराध (संहिता) २०७४ अनुसार जिल्ला अदालत सुनसरीबाट पाँच दिन म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।