
सुनसरी, असोज २३ । धरान उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका निजी विद्यालयमा कार्यरत् शिक्षक तथा कर्मचारीहरुलाई राहत वितरण गरिएको छ ।
शुक्रबार पदम मेमोरियल बोर्डिङ स्कुलका सहायक प्रधानाध्यापक पुष्पा फोम्बोको पहलमा ८२ जनालाई राहत वितरण गरिएको हो ।
कोरोनाभाइरसको संक्रमणका कारण विद्यालय बन्द रहेको र विद्यालयले शिक्षक तथा कर्मचारीलाई तलब नदिँदा उनीहरु अप्ठ्यारोमा परेको भन्दै रकम संकलन गरेर उनीहरुलाई वितरण गरिएको राहत पहलकर्ता फोम्बोले बताउनुभयो ।
उहाँले बेलायतमा रहेका आफन्त र साथीभाइहरुलाई अनुरोध गरी दुई लाख रुपैयाँ रकम संकलन गरेर समस्यामा परेका शिक्षक र कर्मचारीहरुलाई राहत वितरण गरिएको जानकारी दिनुभयो ।
निजी विद्यालयमा कार्यरत् शिक्षक तथा कर्मचारीहरुलाई प्रतिव्यक्ति २५ केजी चामल, तीन लिटर तेल, दुई केजी दाल, तीन केजी चिउरा, दुई दर्जन बिस्कुटलगायत वितरण गरिएको छ ।
महामारीको बेलामा निजी विद्यालयमा काम गर्ने शिक्षक तथा विद्यार्थीहरुलाई राहत वितरण गरिनुले केही राहत मिलेको इष्टु सुनसरीका सचिव शम्भु रेग्मीले बताउनुभयो ।
कोरोनाका कारण धरानका विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरी अभिभावकहरुबाट शुल्क उठाएको भएपनि शिक्षक तथा कर्मचारीलाई भने तलब दिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्