
काठमाडौं । विहान खाली पेटमा एलोभेरा(घिउकुमारी)को जुस पिउनु स्वस्थ्यकर मानिन्छ ।
विज्ञ तथा ब्यूटिसियनहरु छालाको त्वचा र स्वास्थ्यको लागि एलोभेराको जुस निकै उपयोगी मान्छन ।
एलोभेराको जुस पिउने गर्नाले शरीरमा हुने पोषक तत्वको कमीलाई पनि पूरा हुन्छ ।
एलोभेराको जुसमा कयौं प्रकारको रासायनिक गुण, खनिज पदार्थ, क्याल्सियम, पोटासियम, सोडियम, म्याग्नेसियम, क्रोमियम लगाएत भरपुर पाइन्छन् ।
एलोभेराबाट रुखो त्वचा, अनुहारमा भएको दागसदब्बा, चाउरिपन र आँखा वरिपरिको कालोपनलाई पनि हटाउन सकिन्छ ।
एलोभेराको जुस सेवनबाट मोटोपनलाई कम गर्न सकिन्छ ।
१० ग्राम एलोभेराको रसमा मेथीको ताजा पातलाई पिसेर मिसाई सेवन गर्न सकिन्छ । जसका कारण तपाईको वजन विस्तारै कम हुँदै जान्छ ।
अमला र जामुनको साथमा एलोभेराको उपयोग गर्नाले शरीर मजबुत बन्छ । यसले आँखामा हुने विभिन्न समस्याबाट पनि बचाउँछ ।
पहेँलो रोगबाट ग्रसित रोगीको लागि एलोभेरा एक औषधि हो । यस्ता रोगीले दैनिक विहान १५ ग्राम एलोभेराको जुस सेवन गर्नुपर्छ ।
हाम्रो शरीरको भित्री अंगहरु सफाइ गर्नमा पनि यो उपयोगी हुन्छ । यसले शरीरको नसा, नाडी आदि सफाइ गर्छ ।
छाला र केसलाई बलियो, मुलायम बनाउनका लागि एलोभेराले प्रभावकारी काम गर्छ ।
एलोभेराको जुस सेवन गर्दा छाला रुखो हुँदैन । चम्किलो र नरम हुन्छ ।
एलोभेराको जुस सेवन गर्दा अनुहारको खराबी, मूसा, रुखोपन, चाहुरी, दाग धब्बा हट्छ ।
प्रतिक्रिया दिनुहोस्