
तस्वीरः फेसबुक ।
काठमाडौं, असोज २४ । साझा पार्टीले शरदराज पाठकलाई प्रवक्ता पदमा नियुक्त गरेको छ ।
‘छ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आउनुभएका केन्द्रीय सदस्य पाठकलाई प्रवक्तामा नियुक्त गरिएको छ’-सो पार्टीद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ ।
उहाँ संघीय निर्वाचनमा पार्टीका तर्फबाट चितवन क्षेत्र नम्बर-३ बाट उम्मेदवार बन्नुभएको थियो ।
ग्रामीण विकासमा स्नातकोत्तर गर्नुभएका उहाँले सो पार्टीमा सक्रिय हुनुअघि विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गर्नुभएको थियो ।
साथै, उहाँले कालिका एफएम तथा रेडियो अन्नपूर्ण नेपालका समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य भएर काम गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्