
काठमाडौं, असोज २४ । स्वास्थ्य तथा जनसंख्या मनत्रालयले संघीय संसदका समितिहरु, अदालत र सरकारी कार्यलयहरुमा कुनैपनि बैठक, गोष्ठी र तालिमहरु सञ्चालन नगर्न अनुरोध गरेको छ ।
मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै उक्त कार्यहरु नगर्न अनुरोध गर्नुभएको हो ।
मन्त्रालयले नजिकिँदैै गरेको चाडपर्व सम्भव भएसम्म घर-परिवारसँगै बसेरमात्र मनाउन आग्रह गरेको छ ।
घरबाहिर जानैपर्ने अवस्थामा पूर्णरुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नपनि उहाँले अनुरोध गर्नुभयो ।
प्रवक्ता डा. गौतमले देशभर कोरोना संक्रमण जित्नेको दैनिक संख्या घट्दै गइरहेको र संक्रमितको संख्यामा वृद्धि भइरहेको बताउँदै अप्ठ्यारो स्थिति आउनसक्ने भन्दै थप सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्