१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सेयरबजारमा वृद्धि


0
Shares

nepse

काठमाडौं, असोज २४ । गत साताको तुलनामा यो साता सेयरबजार १८.५९ अंकले वृद्धि भएको छ ।

साताको पाँच दिनको कारोबारमा तीन दिन बजार बढ्दा परिसूचकमा उक्त अंकको वृद्धि देखिएको हो ।

यो साताको अन्तिम कारोबार दिन बिहीबार बजार १५ सय ८९ विन्दुमा बन्द भएको छ ।

पछिल्लो समय सस्तो मूल्य भएका सेयरप्रति लगानीकर्ताहरुको आकर्षण बढेको छ ।

सूचीकृत कम्पनीहरुले लाभांश प्रस्ताव गर्नेक्रम चलिरहेकाले पनि लगानीकर्ताहरु सम्भावित प्रतिफललाई ध्यानमा राखी कारोबारमा सहभागी भएको पाइएको छ ।

पूर्ण प्रविधिमैत्री बनेको सेयरबजारमा अनलाइन लगानीकर्ता नै एक लाखभन्दा बढी पुगिसकेका छन् ।

अहिले ब्रोकर अफिसमै धाएर कारोबार गर्ने लगानीकर्ताको संख्या ९० प्रतिशतले घटेको ब्रोकरहरु बताउँछन् ।