
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सार्वजनिक नियमित काममा फर्किनु भएको छ ।
कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका ट्रम्प चिकित्सकको सल्लाहअनुसार नै नियमित काममा फर्किएको बताइएको छ ।
चुनावी सभाहरु जारी रहेका बेला कोरोना संक्रमण भएपछि राष्ट्रपति ट्रम्प अस्पताल भर्ना हुनुभएको थियो ।
आफ्ना प्रतिपक्षी जो विडेनले चुनावी प्रचार प्रसारलाई तीव्र पारेपछि राष्ट्रपति ट्रम्प केही समय अस्पताल बसेर पुनः नियमित काममा फर्कनु भएको बताइएको छ ।
तर उहाँको पछिल्लो स्वास्थ्य अवस्थाबारे भने केही खुलाइएको छैन ।
राष्ट्रपति ट्रम्पले सर्वोच्च अदालतमा एक जना न्यायाधीश नियुक्त गर्न ह्वाइट हाउसमा आयोजना गरेको कार्यक्रमपछि कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि दुवै जना उम्मेद्वार संयुक्त रुपमा सहभागी हुने केही चुनावी बहसहरु स्थगित गरिएको थियो ।
चिकित्सकहरुले अझै केही दिन आराम गर्न सल्लाह दिएपनि ट्रम्प नियमित काममा फर्किएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्