
काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चौंथो जित निकालेको छ ।
दुबईमा गएराति भएको खेलमा चेन्नई सुपर किङ्सलाई ३७ रनले हराउँदै बैंगलोरले चौंथो जित निकालेको हो ।
बैंगलोरले दिएको १ सय ७० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो ।
चेन्नईका लागि अम्बाती रायाडुले सर्वाधिक ४२ रन बनाए । यस्तै नारायण जागाडिसनले ३३ रन जोड्दा शेन वाट्सनले १४ र कप्तान महेन्द्र सिंह धोनीले १० रन बनाए ।
बैंगलोरका लागि क्रिस मोरिसले ३ विकेट लिए । वासिङ्गटन सुन्दरको नाममा २ विकेट रह्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।
बैंगलोरका लागि कप्तान विराट कोहलीले अविजित रहदै ९० रनको अर्धशतकीय इनिङ्स खेले । शिवम डुबेले अविजित २२ रन जोडे ।
जितसँगै बैंगलोर तालिकाको चौथो स्थानमा उक्लिएको छ । बैंगलोरले ६ खेलमा ८ अंक जोडेको छ । छैटौं स्थानको चेन्नईको यो पाँचौं हार हो ।
७ खेलमा चेन्नईले ४ अंक जोडेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्