
काठमाडौं । फ्रान्समा सानो आकारका विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
फ्रान्सको दक्षिण–पश्चिममा टूर्स शहरको मध्य क्षेत्रमा उडिरहेका दुई बिमान आकाशमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो ।
दुईजना रहेको माइक्रोलाइट विमान र तीनजना सवार रहेको विमान ठोक्किएका हुन् । दुवै विमानमा रहेका गरी कुल पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटना लगत्तै अग्निनियन्त्रक सँगै आपतकालीन सेवाका उद्दारकर्मीहरु घटनास्थल पुगेका थिए । एजेन्सी
प्रतिक्रिया दिनुहोस्