१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उत्तर कोरियामा विशाल सैन्य परेडसँगै शक्तिशाली क्षेप्यास्त्र सार्वजनिक


0
Shares

काठमाडौं । उत्तर कोरियाले शक्तिशाली क्षेप्यास्त्र सार्वजनिक गरेको छ ।

उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको ७५औं वार्षिकोत्सवको अवसरमा विशाल सैन्य परेडसँगै उक्त क्षेप्यास्त्र सार्वजनिक गरिएको हो ।

‘आइसीबीएम’ नामको क्षेप्यास्त्रले अमेरिकासम्म मार हान्न सक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उत्तर कोरियाली नेता किम जोङ उनले शत्रुको संभावित खतराबाट जोगिन युद्ध क्षमताको सुदृढीकरणका लागि हतियार प्रदर्शन गर्नुपरेको बताउनुभयो ।

उहाँले दुश्मनले आणविक खतराका साथै विभिन्न चुनौती थपेकाले त्यसको प्रतिरक्षाको युद्ध क्षमताको सुदृढीकरण जारी राखेर जोखिमपूर्ण प्रयासहरू र खतराहरू रोक्ने बताउनुभयो ।

उत्तर कोरियाले सन् २०१८ को क्षेप्यास्त्र निशस्त्रीकरणको सम्झौता पालना गरे पनि अमेरिकाले भने सर्त पूरा नगरेको आरोप लगाउँदै आएको छ ।

सन् २०१८ र सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच दुई पटक शिखर वार्ता भएको थियो ।

ती वार्तामा कोरियाली प्रायदिपलाई आणविक हतियार मुक्त बनाउने समझदारी भए पनि पालना हुन सकेको छैन । यसैबीच भारतले १० औं मिसाइल परीक्षणको तयारी गरेको छ ।

आगामी हप्ता १०औ निर्भया क्षेप्यास्त्र मिसाईल परीक्षण गर्ने भारतीय रक्षा अनुसन्धान एवम् विकास संगठन डिआरडीले जनाएको छ ।

८ सय किलोमिटरसम्म मार हान्न सक्ने सब सोनिक क्रुज मिसाइलको परीक्षण गरिन लागेको हो ।(एजेन्सी)