६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


चितवनमा झुक्याएर जग्गा पास गर्ने गिरोहको बिगबिगी, ५० लाखको जग्गा १० हजारमा पास गरेर फरार


0
Shares

चितवन । चितवनमा झुक्याएर जग्गा पास गर्ने गिरोह सक्रिय भएका छन् ।

सोझा साझा जनतालाई झुक्याएर जग्गा पास गरी पैसा कुम्ल्याउने दलालको निशानामा चितवनको कालिका नगरपालिका–५ पदमपुरका ५० वर्षीय शुकराम महतो पनि परे ।

चितवनमा सोझा साझा जनतालाई झुक्याएर जग्गा पास गर्ने र पैसा कुम्ल्याउनेहरु विस्तारै सलवलाएका छन् ।

कालिका नगरपालिका– ५ पदमपुरका ५० वर्षीय शुकराम महतो पनि दलालको निशानामा परे ।

खरको छानो हटाएर पक्की घर बनाउने, छोराको बिहे गर्ने सपना देखेका महतोले ५० लाखमा जग्गा बिक्री गरेपछि खुशी भए तर १० हजारमात्रै बैंकमा पैसा जम्मा गरेर जग्गा किन्ने व्यक्ति फरार भएपछि अहिले न्याय माग्दै प्रशासनमा आउन थालेका छन् ।

छोराको बिहे गर्ने र अन्य समस्या टार्ने मेसोमा रहेका महतोले दलालहरुले राखेका सर्त मान्न तयार भए ।

सामान्य लेखपढ पनि नभएका महतो जग्गा किन्नेहरुले जेजे भने सबै मान्दै गए ।

सिद्धार्थ बैंकमा महतोको नाममा खाता खोलिदिएर सुरुमै नविल बैंकको १० हजारको चेक तामाङले डिपोजिट गरिदिए ।

यसले थप विश्वास गर्न महतोलाई बाध्य बनायो । त्यसपछि महतोले अगस्तले दिएको ३९ लाख ५० हजार र १० लाखको चेक डिपोजिट गर्न छोरालाई भरतपुर शाखामा पठाए ।

चेक डिपोजिट गरेर पैसा आइहाल्छ भनेपछि सब ठाउँमा सहिछाप गरेर जग्गा पास गरिदिएको भोलिपल्ट बैंक खातामा पैसा नआएपछि महतोले पटक पटक फोन गरे तर तामाङ फरार भएपछि न्याय माग्दै प्रशासनमा आएका हुन् ।

गाउँकै युवा दुर्गाप्रसाद भट्टराईको सहयोगमा अहिले जग्गा रोक्का गरिएको छ भने घटना प्रहरीमा उजुरी दिइएको छ । यता जग्गा बेचाइदिने छिमेकी रेशम पनि तनावमा रहेका छन् ।

आफूहरुलाई तामाङले यसरी ठग्ला भन्ने थाहा नै नभएको र न्यायका लागि प्रहरी गुहारेको बताएका छन् ।

मालपोत कार्यालय चितवनका प्रमुख गुरु पौडेलले सवै कानुनी प्रकृया पूरा गरेर जग्गा पास गरिसकेको भएपनि अस्थायी रुपमा रोक्का गरिदिएको बताउनुभयो ।

अनुसन्धान भइरहेको भन्दै उहाँले गिरोहले मात्रै यस्तो काम गर्न सक्ने भन्दै सोझो महतो ठगिन पुगेको बताउनुभयो ।

लकडाउन पछि समूह बनेर जग्गा व्यापार गर्ने दलालीहरुले कम शैक्षिकस्तर भएका, गरिव र विपन्नलाई निशानामा पारेर लुट्न पल्किएको घटनाबाट सतर्क हुन जरुरी छ ।

भिडियो