
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मरिरहेको समय हात्तीको पनि मृत्यु भएको छ ।
बेलशहर पोष्टमा रहेको १९ वर्षको विक्रम प्रसाद नामको हात्ती मरेको हो ।
बच्चा उमेरदेखि नै बिरामी रहेको विक्रम प्रसादमा क्षयरोगको समेत संक्रमण रहेको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिनुभयो ।
तीन दिन अगाडि अकस्मात बिरामी परेको हात्तीको उपचार जारी थियो ।
हिन्दु धर्म अनुसार हात्तीलाई भगवान गणेशको प्रतीक मानिने भएकोले धार्मिक परम्परा अनुसार मृत हात्तीको पूजापाठ गरी अन्त्येष्टि गरिएको जनाइएको छ ।
योसहित चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जका ३ वटा हात्तीको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्