१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिद्धार्थ राजमार्ग दैनिक तीन घण्टा बन्द


0
Shares

काठमाडौं । सिद्धार्थ राजमार्ग आज देखि दैनिक तीन घण्टा बन्द हुने भएको छ ।

राजमार्ग अन्तर्गत तानसेन बुटवल सडकखण्डमा पर्ने विभिन्न ठाउँहरुमा मर्मतका लागि सडक खण्ड ३ दिन बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

हरेक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म तीन दिनका लागि बन्द रहने छ ।

राजमार्गको विभिन्न ठाउँमा गएको पहिरो पन्छाउन सडक बन्द गरेर काम गर्नुपरेको सडक डिभिजन पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले बताउनु भयो ।

केही साता अघि पहिरोले राजमार्गको दर्जनौँ ठाउँमा पहिरो गएकोले सो स्थानमा एकतर्फी रुपमा मात्रै सडक सञ्चालनमा आइरहेको छ ।

दसैँ र तिहार तथा छठ पर्व नजिकिंदै गर्दा तत्काल सडक मर्मत गर्न लागिएको हो ।