१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस र कम्युनिस्ट जनजातिविरोधी : बाबुराम


0
Shares

वीरगन्ज, असोज २६ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेस र कम्युनिस्ट पार्टी जनजातिविरोधी पार्टी भएको आरोप लागाउनुभएको छ ।

सोमबार पर्सामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ‘७० वर्ष बूढो नेपाली कांग्रेस र झापा आन्दोलबाट भागेका केपी शर्मा ओलीको कम्युनिस्ट पार्टी मधेसी, थारु तथा जनजातिविरोधी पार्टी’ भएको आरोप लगाउनुभयो ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले माओवादी पार्टीलाई एमालेको चौतारीमा आत्मसमर्पण गराएको भन्दै डा. भट्टराईले समाजवादी पार्टीलेमात्र मधेसी जनतालाई अधिकार दिलाउने दाबी गर्नुभयो ।

कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेसी, जनजातिको अधिकार पूर्णरुपमा प्राप्त नभएको कारण आफूहरुको आन्दोलन जारी रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश नम्बर-२ का मुख्यमन्त्री लालबाबु राउतले ओली सरकारको संघीयताविरोधी गतिविधिको कारण संघीयताबाट जनताको विश्वास कम हुँदै गएको बताउनुभयो ।