१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दुई साताको उपचारपछि राष्ट्रपति ट्रम्प पुनः चुनावी सभाहरुमा सहभागी


0
Shares

US H1B visa tighten

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः चुनावी सभामा सहभागी हुनुभएको छ ।

कोरोना संक्रमित भएपछि वाल्ट रिड मेडिकल मेडिकल सेन्टरमा दुई साताको उपचारपछि राष्ट्रपति ट्रम्प पुनः चुनावी सभाहरुमा सहभागी हुनुभएको हो ।

आगामी महिना हुने राष्ट्रपतिय निर्वाचनका लागि आफ्ना प्रतिष्पर्धी जो विडेनले चुनावी अभियानलाई तीव्र पारेपछि राष्ट्रपति ट्रम्पपनि सार्वजनिक कार्यक्रममा निस्कनु भएको हो ।

कोरोना संक्रमणका कारण केही समय अस्पताल भर्ना भएका राष्ट्रपति ट्रम्पलाई चिकित्सकहरुले संक्रमणको जोखिम नभएपनि अझै केही दिन आराम गर्न सुझाव दिएपनि उहाँ नियमित काममा फर्कनुभएको ह्वाइट हाउसलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले फ्लोरिडा राज्यका विभिन्न स्थानमा आयोजना हुने चुनावी सभाहरुलाई सम्बोधन गर्ने बताइएको छ ।(एजेन्सी)