
अछाम । अछामको मेल्लेख गाउँपालिका–३ ठाँटीका स्थानीयले ३२ वर्षपछि जग्गा धनी प्रमाण पूर्जा पाएका छन् ।
३२ वर्षदेखि ठाँटीका ४ सय ७ घरधुरी जग्गाधनी प्रमाण पूर्जाविहीन थिए ।
२०४५ सालमा जग्गा नापी भइ प्रमाण पूर्जा वितरणको अन्तिम चरणमा रहेको भएपनि शसस्त्र द्वन्द्वका बेला माओवादीले २०५८ सालमा अछाममा आक्रमण गरेको थियो ।
आक्रमणमा जिल्ला प्रशासन, जिल्ला मालपोत कार्यालय र नापी कार्यालय ध्वस्त हुँदा जिल्लाका सम्पूर्ण प्रमाणहरु नष्ट भएका थिए ।
जिल्लाका धेरै जग्गाहरुको लालपूर्जा नष्ट हुँदा मेल्लेख गाउँपालिका–३ साविकको ठाँटी गाविस पूरै लालपूर्जाविहीन भएको थियो ।
सोमबार २ सय ५० घरधुरीलाई लालपूर्जा हस्तान्तरण गरिएको छ । अन्य १५७ घरधुरीलाई वितरण गरिने प्रक्रियामा रहको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्