१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धरान कोभिड अस्पतालमा बहुमूल्य उपकरण दुई महिनामै विग्रिए, अख्तियारले छानविन थाल्यो


0
Shares

सुनसरी । सुनसरीको धरान कोभिड अस्पतालमा अख्तियारले छानविन थालेको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र सञ्चालनमा रहेको कोभिड अस्पतालका बहुमूल्य उपकरण दुई महिनामै विग्रिएपछि अख्तियार दुरुपयोग अनसन्धान आयोगको कार्यालय इटहरीले छानविन थालेको हो ।

कोभिड अस्पताल संचालनका लागि संघीय सरकार र प्रदेश सरकारले दिएको करोडौं रकममा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलगायतका पदाधिकारीहरुले कमसल औषधि र उपकरण खरिद गरी आर्थिक अनियमितता गरेको उजुरीका आधारमा छानविन प्रकृयालाई अगाडी बढाएको हो ।

कोभिड अस्पतालमा खरिद गरिएका १० वटा भेण्टिलेटरमध्ये ६ वटा बिग्रिएर बिरामीले उपचार नपाएको विषय बाहिर आएपछि अख्तियारको टोलीले कोभिड अस्पतालको स्थलगत निरीक्षण गरेको छ ।

कोभिड अस्पतलामा चहिने औषधि उपकरण खरिद गर्दा चोरबाटो अबलम्बन गरी विशेष अदालतमा विचाराधिन भ्रष्टाचार मुद्धा खेपिरहेका धरानका व्यवसायी चेतन अग्रवालसँग प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले मिलेमतो गरी कमसल उपकरण खरिद गरेको खुलासा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोे टोलीले स्थलगत छानविन थालेको बताइएको छ ।