
बझाङ । बित्थडचिर गाउँपालिका– ६, भाडिकामा खेत निर्माण गर्ने क्रममा स्थानीयवासीबीच विवाद हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा बित्थडचिर–६ का चन्द्रसिंह स्याँडा र लालु स्याँडा छन् ।
उनीहरु दुवैलाई सोमबार अपराह्न स्थानीयवासी राम नाथले खेत निर्माणका क्रममा आफ्नो जमीनमा माटो फालेको भनी हँसिया प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।
हँसियाले लालुको टाउको र हात तथा चन्द्रसिंहको गर्धन र पिँठ्युमा गम्भीर चोट लागेको छ ।
घाइते दुवैलाई उपचार गराउन नसकेपछि देउलेख प्राथमिक स्वास्थ्य केन्द्रले धनगढी रेफर गरेको छ ।
अभियुक्त नाथलाई प्रहरीले भाग्ने क्रममा बझाङको धरानबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चैनपुर ल्याएको छ ।रासस
प्रतिक्रिया दिनुहोस्