
फ्लोरिडा, असोज २७ । झन्डै दुई हप्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा फेरि सहभागी हुन थाल्नुभएको छ ।
कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि भएपछि उहाँ केही दिन अस्पतालमा र केही दिन राष्ट्रपति निवासमा मात्रै रहनुभएको थियो । सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुनुभएको थिएन ।
त्यसपछि सोमबार पहिलोपटक उहाँ फ्लोरिडामा आयोजित चुनावी कार्यक्रममा सहभागी हुनुभएको छ ।
कार्यक्रममा उहाँ मास्कविना सहभागी हुनुभएको थियो भने भिडमा रहेका अन्य अधिकांश सहभागीहरुले पनि मास्कको प्रयोग गरेका थिएनन् ।
उहाँले कार्यक्रममा जोडतोडका साथ भाषण गर्दै आफू स्वस्थ भइसकेको र आफूलाई कुनै शारीरिक वा स्वास्थ्यसम्बन्धी समस्या नरहेको दाबी गर्नुभएको थियो ।
उहाँले प्रतिस्पर्धी जोन बाइडनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको र सञ्चारमाध्यमलाई पनि पक्षपाती भएको आरोप लगाउनुभएको थियो ।
उहाँले आगामी चार दिनमा निर्वाचनका बेला कडा टक्कर हुने भनिएका चारओटा राज्यमा भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति ट्रम्पलाई ११ दिनअगाडि कोरोनाको लक्षण देखापरेको थियो । गत आइतबारमात्रै उहाँ संक्रमणमुक्त भइसक्नुभएको उहाँका निजी चिकित्सकहरुले बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्