१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आर्थिक चलखेल रोक्न जग्गाको कित्ताकाट खुलाउने निर्णय : मन्त्री अर्याल


0
Shares

काठमाडौं, असोज २७ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जग्गासम्बन्धी कारोबारमा हुने गरेको आर्थिक चलखेल रोक्न जग्गाको कित्ताकाट खुलाउने निर्णय गरिएको जिकिर गर्नुभएको छ ।

मंगलबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा उहाँले ऐन कार्यान्वयनमा नआउँदा जग्गा कारोबारमा आर्थिक चलखेल हुनेक्रम बढेकाले त्यसलाई रोक्न कित्ताकाट खुला गरिएको बताउनुभयो ।

भूउपयोग ऐन २०७६ समयमै कार्यान्वयन गर्न नसक्दा आर्थिक चलखेलबाट नहुने काम पनि हुने र पैसा नहुनेको हुने काम पनि नहुनेक्रम बढेकाले कित्ताकाट खुलाउने निर्णय गरिएको मन्त्री अर्यालको भनाइ थियो ।

मन्त्री अर्यालले कित्ताकाट खुला गरेपछि भइरहेको सबै आलोचनाहरुको प्रष्टीकरण दिन जरुरी नहरहेको भन्दै अहिले ऐन कार्यान्वयनको चरणमा आइसकेको बताउनुभयो ।

गएको भदौ १८ गते मन्त्रिस्तरीय निर्णयले कृषिभूमि कित्ताकाट गर्न रोक्का गर्ने निर्णय बदर गरेको थियो ।

सरकारको कित्ताकाट खुला गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत परेको छ । मुद्दा अहिले विचाराधीन छ ।