
मुख्यमन्त्री शेरधन राई । फाइल तस्वीर ।
उदयपुर, असोज २७ । प्रदेश नम्बर-१ का मुख्यमन्त्री शेरधन राईले मुलुक अहिले विकास र समृद्धिको साझा चाहना बोकेर संघीय प्रणालीको बाटोमा अगाडि बढिरहेको बताउनुभएको छ ।
मंगलबार उदयपुरको वेलका नगरपालिका-७ को मैनामैनी चुहार र भोजपुरको हचुवागढी गाउँपालिका–९ जोड्ने सुनकोसी नदीमा निर्माण गर्न लागिएको पुलको शिलान्यास गर्दै उहाँले मुलुक अहिले विकास र समृद्धिको विशाल राजमार्गमा पहिलो पाइला टेक्न सफल भएको बताउनुभयो ।
कोरोना महामारीकाबीच पनि प्रदेश-१ सरकारले विकास निर्माणमा उच्च प्राथमिकताका साथ काम गरिरहेको उहाँको दाबी थियो ।
प्रतिक्रिया दिनुहोस्