
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै भारतलगायत तेस्रो देश निर्यात हुँदै आएको कृषि जन्य सामग्रीको निर्यात बढेपनि भुटान र बंगलादेशसँगको व्यापार घाटा भने वर्षेनी चुलिँदै गएको छ ।
बंगलादेश तथा भुटानको ट्रेड मेची भन्सार कार्यालय झापासँग मात्र रहेपनि निकासी र पैठारीमा सन्तुलन नहुँदा यी दुई देशहरुसँगको व्यापार घाटा वर्षेनी चुलिँदै गएको हो ।
सार्क सदस्य राष्ट्रमध्ये नेपालको निकटतम छिमेकी राष्ट्रको रुपमा रहेको भारतपछि भुटान र बंगलादेश छन् ।
नेपालमा उत्पादित कृषि जन्य वस्तु निर्यातमा बढावा दिँदै नेपालको अर्थतन्त्र मजबुद बनाउने सरकारको लक्ष्य भएपनि नेपाल–बंगलादेश र भुटानबीच वर्षेनी व्यापार घाटा चुलिँदै गएको छ ।
नेपालले बंगलादेशसँग ११ प्रतिशत र भुटानसँग एक प्रतिशत कृषि जन्य सामग्री निर्यात गर्दै आएको छ ।
नेपालबाट कृषि जन्यसामग्री निर्यात गरेपनि बंगलादेशबाट सिमेन्टको कच्च पदार्थ क्लिङ्कर, फाइट, जिप्सन तथा मोटरपार्टका सामग्रीहरु नेपाल भित्रने गरेको र भुटानबाट धुलो कोइला, रेजिन, भेनियर सिट लगायतका माल वस्तु बढी नेपाल भित्रिएएका कारण यी दुई देशबीच व्यापार घाटा चुलिएको हो ।
नेपालले भारतलाई ८७ प्रतिशत कृषि जन्य वस्तु निर्यात गर्छ भने बंगलादेश र भुटानबाहेक अन्य देशमा १ दशमलव ५ प्रतिशत मात्र कृषिजन्य सामगी निर्यात गर्दै आएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।
आर्थिक वर्ष २०७३/०७४ मा एक अर्ब ४४ करोड व्यापार घाटा ब्यहोरेको नेपालले बंगलादेशसँग गत आर्थिक वर्ष २०७६/०७७ मा तीन अर्ब ९९ करोड व्यपार घाटा व्यहोरेको भन्सार कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्