
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई दसैंपछि मात्रै हुने भएको छ ।
संवैधानिक ईजलाशमा सुनुवाई भइरहेको गौतमको मुद्धामा अदालतका न्यायाधीशमा कोरोना देखिएपछि गत आजका लागि हेर्दाहेर्दैमा रहेको मुद्दाको सुनुवाई स्थगित भएको हो ।
हप्तामा बुधबार र शुक्रबार संवैधानिक इजलाश बस्ने गरेकोमा आजको संवैधानिक इजलाशको पेशी सूचिमा उक्त मुद्दा नरहँदा मुद्दाको सुनुवाई स्थगित भएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोख्रेलले बताउनु भएको हो ।
सर्वोच्च अदालतका केही न्यायाधीश र अधिकृतमा कोभिड–१९ का कारण संवैधानिक इजलास बस्न नसकेकाले दसैंअघि सो मुद्दामा सुनुवाइ हुने सम्भावना टरेको छ ।
प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका गौतमलाई राष्ट्रियसभाको सदस्यमा मनोनित गर्ने कार्य संविधानविपरीत भएको दावी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा दायर गरेको रिटमा प्रधानन्यायाधीसहित पाँच न्यायाधीशको संवैधानिक इजलाशको सुनुवाई हेर्दाहेर्दैमा रहँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्