
सांकेतिक ।
कञ्चनपुर, असोज २८ । शुक्लाफाँटा नगरपालिका–८, नौखरी मुक्तकमैया शिविरका अन्दाजी ३५ वर्षीया महिलाको शव सनवोरा (गौडी) खोलाको डिलमा गाडेको अवस्थामा बुधबार फेलापरेको छ ।
मंगलबार खोलामा माछा मार्न गएकी कलावती खुना घर नफर्केपछि स्थानीयबासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको बालुवामा गाडेको अवस्थामा शव फेलापरेको वडासदस्य लालाबहादुर महराले बताउनुभयो ।
महिलासँगै माछा मार्न गएका उनका देवर अन्दाजी वर्ष २६ का मानसिंह खुनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय झलारीबाट गएको प्रहरीको टोलीले घटनास्थललाई ‘सिल’ गरी अनुसन्धान गरिरहेको छ ।
मृतक महिलाका श्रीमान् प्रकाश खुना महेन्द्रनगरबजारमा काम गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्