१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कात्तिक ७ बाटै ‘क्लिन फिड’ लागू गर्ने सरकारको तयारी, कारबाहीको चेतावनी


13
Shares

काठमाडौं, असोज २८ । सरकारले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ ले तोकेकै अवधिबाट विज्ञापनरहित (क्लिन फिड) प्रसारण लागू गर्ने तयारी गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले बुधबार विज्ञप्ति जारी गर्दै आउँदो कात्तिक ७ गतेबाटै क्लिन फिड लागू गर्ने तयारी रहेको उल्लेख गर्नुभएको छ ।

सरकारले सम्बद्ध सबै संघ-संस्थालाई तोकिएकै मितिबाट क्लिन फिड लागू गर्न निर्देशनसमेत दिएको छ ।

गत वर्ष संघीय संसदबाट पारित विज्ञापन (नियमन गर्ने) ऐन २०७६ कात्तिक ८ गते प्रमाणीकरण भएको थियो ।

मन्त्रालयले क्लिन फिड प्रसारण नभए कानुनअनुसार कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।