१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतीय सेनाध्यक्ष कात्तिकमा नेपाल आउँदै


0
Shares

काठमाडौं, असोज २८ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी कात्तिकमा नेपाल भ्रमणमा आउनुहुने भएको छ ।

दुवै देशमा भएको बन्दाबन्दीका कारण स्थगित भएको भारतका स्थलसेनाध्यक्षको नेपाल भ्रमण आगामी कात्तिकमा हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जनरल नरावणेलाई सोहीक्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ ।

भारतीय सेनाध्यक्षको नेपाल भ्रमणका सम्बन्धमा मन्त्रिपरिषद्ले गत माघ २० गते नै निर्णय गरेको जानकारी दिइएको छ ।