
स्याङजा । स्याङजामा पुनः लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङजाले सूचना जारी गरेर गएरातिबाट लागू हुनेगरी अनिश्चितकालका लागि लकडाउन गरेको हो ।
केही दिनयता स्याङजाका विभिन्न स्थानीय तहमा कोरोना संक्रमण फैलिएपछि नियन्त्रणका लागि लकडाउन गरिएको हो ।
यस्तै कात्तिक १ गतेदेखि उच्च जोखिम भएका स्थानबाट जिल्ला प्रवेश गर्दा ७२ घण्टा भित्रको पीसीआर परीक्षण गरेको रिपोर्ट साथमा लिएर मात्रै प्रवेश गर्न पाइने भएका छ ।
यस्तै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र दैनिक गतिविधिमा संलग्न हुन पनि प्रशासन कार्यालयले आग्रह गरेको छ ।
यसैबीच स्याङजाको भीकोट नगरपालिकामा केही दिनअघि कोरोनाका कारण एक जनाको मृत्यु भएको थियो ।
यस्तै चापाकोट नगरपालिकामा १४ जना कोराना संक्रमित रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्