
काठमाडौं । नवनियुक्त तीन जना मन्त्रीको सपथ आज हुँदैछ । राष्ट्रपति कार्यालयका अनुसार अहिले केही बेरमा सपथ ग्रहण हुने छ ।
संवैधानिक व्यवस्थाअनुसार मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवि भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो पार्टीका महासचिव समेतरहेका विष्णु पौडेल अर्थमन्त्री नियुक्त गर्नुभएको थियो ।
यस्तै शहरी विकास मन्त्री नेकपा सांसद कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा सामाजिक विकास मन्त्रीमा लिलानाथ श्रेष्ठ नियुक्त गरिएको छ ।
महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्