२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना


0
Shares

काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ ।

रक्तचाप बढेपछि हिजो दिउँसो उहाँ हेम्स अस्पतालमा भर्ना हुनुभएको हो ।

खनालका प्रेस संयोजक कृष्ण भट्टराईका अनुसार अहिले स्वास्थ्य अवस्था सामान्य हुँदै गएको चिकित्सकहरुले बताएका छन् ।

तर उहाँलाई आज साँझसम्म अस्पतालमै रहन चिकित्सकहरुले सुझाव दिएका छन् । अस्पताल भर्ना हुनुअघि खनालको पीसीआर परीक्षणसमेत गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ ।