१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बुटवलमा सरकारी स्कुटर जलाउने चार युवक समातिए


0
Shares

रुपन्देही, असोज २९ । प्रदेश राजधानीको विषयलाई लिएर बुटवलमा भएको विरोध प्रदर्शनकाक्रममा सरकारी स्कुटर जलाउने चार युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले बिहीबार सूचना निकालेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु१प २४७० नम्बरको स्कुटर जलाएको अभियोगमा उनीहरुलाई मुद्दा चलाइ कारबाही प्रक्रिया अघि बढाइएको जानकारी गराएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीकाअनुसार बुटवल उपमहानगरपालिका–११, बुद्धनगरका २५ वर्षीय भेषराज पोख्रेल, देवीनगर बस्ने ३५ वर्षीय रोशन थापा, तिलोत्तमा नगरपालिका–२ बस्ने २८ वर्षीय सन्दीप पाण्डेय र गुल्मीको मालिका गाउँपालिका–८ घर भइ बुटवल बस्ने ३० वर्षीय सुरज क्षेत्रीलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुले गत असोज १६ गते बुटवल–११, देवीनगरको होराइजनचोकमा सरकारी स्कुटर जलाएका थिए ।