७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु, दुई गम्भीर घाइते


0
Shares

राजविराज, असोज ३० । हुलाकी सडकअन्तर्गत् सप्तरीको खडक नगरपालिका–११, बनौलीमा दुईओटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–१०, बनौलीका ३० वर्षीय हाकिम राइन र खडक नगरपालिका–११, बिसहरियाका २९ वर्षीय नरेश साह रहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

बिहीबार राति भएको सो दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको बोदेवर्साइनस्थित जीवनदीप अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको स८प ८४८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ त ३७०१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको थियो ।

मृतक हकिम स८प ८४८१ नम्बरको मोटरसाइकलमा पछाडि सवार थिए । उक्त मोटरसाइकलका चालक डाक्नेश्वरी नगरपालिका–१०, बनौलीका २२ वर्षीय गुड्डु अन्सारी गम्भीर घाइते भएका छन् ।

त्यस्तै, अर्का मृतक खडक नगरपालिकाका–११, बिसहरियाका साह प्रदेश २–०१–००१ त ३७०१ नम्बरको मोटरसाइकलका चालक हुन् ।

उक्त मोटरसाइकलमा पछाडि सवार उनकी २६ वर्षीया पत्नी सुनिता साह गम्भीर घाइते भएकी छिन् । घाइतेको उपचारका लागि विरागटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।