
काठमाडौं, असोज ३० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिरामीको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोनाको लक्षण देखिए वा ‘पोजिटिभ’ आएपछिमात्र ‘क्वारेन्टिन’ वा ‘आइसोलेसन’मा बस्न निर्देशन दिएको छ ।
मन्त्रालयको बिहीबार बसेको सचिवस्तरीय बैठकले प्रत्यक्षरुपमा खटिएका स्वास्थ्यकर्मी वा कर्मचारीलाई पोजिटिभ देखिए वा लक्षण देखिएमात्र आइसोलेसनमा बस्न आग्रह गरेको हो ।
संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक तथा अन्य कर्मचारीहरुको व्यवस्थापनसम्बन्धी मार्गनिर्देशिका परिमार्जन गर्दै यो व्यवस्था लागू गराउन खोजिएको मन्त्रालयले जनाएको छ ।
यसका लागि मन्त्रालयले सबै कोभिड अस्पतालहरुलाईसमेत पत्रचार गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्